+
+
नेपाल सुपर लिग :

चितवनको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १९:४२

१५ मंसिर, काठमाडौं । नेपाल सुपर लिगमा चितवन एफसीले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चितवन एफसीले वीरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलमा चितवनले २८औं मिनेटमा बिमल घर्ती मगरको गोलबाट अग्रता लिएको थियो । वीरगञ्जमाथि हाबी भएको चितवनले पहिलो हाफमा त्यो अग्रता जोगायो । तर दोस्रो हाफको ५५औं मिनेटमा वीरगञ्जका लागि एकिन्स बाफोरले बराबरी गोल फर्काए ।

चितवनले ६८ औं मिनेटमा फेरि अग्रता लियो । मध्यभागतिर बिमलले दिएको पासलाई एक्लै अगाडि बढाएका तोरिक जब्रिनले वीरगञ्जका चार जना डिफेडरलाई बिट गर्दै हानेको बलले जाली चुम्यो ।

त्यही गोलको मदतमा चितवनले लिगकै पहिलो जित हात पारेको छ । पहिलो खेलमा पोखरासँग १–० ले पराजित भएको चितवनले दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेलेको थियो । उसको ४ अंक भएको छ ।

वीरगञ्ज भने जितविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?