+
+

नेपाल सुपर लिग २०२३ : तथ्यांकमा झापा र पोखराको पहिलो भेट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते ९:५७

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । त्यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको प्रतियोगिताको दसौं र समग्रमा ३५ औं खेल हुनेछ ।

२. झापा यसपल्टको प्रतियोगितको नवप्रवेशी रहेको हुनाले पोखरासँग पहिलो भेट हुनेछ ।

३. पोखराले दुई खेल खेलेको छ र अहिलेसम्म अपराजित छ । एक जित र एक बराबरीसहित उसको चार अंक छ र लिग तालिकाको चौथो स्थानमा छ । पोखराले चितवन एफसीलाई १–० ले हराएयता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

४. यी पछिल्ला दुवै खेलमा पोखराले ‘क्लिन सिट’ राखेको छ ।

५. झापाले अहिलेसम्म एकै खेल मात्र खेलेको छ र विना कुनै अंक सातौं स्थानमा छ । झापा आफ्नो पहिलो डेब्यु खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित भएको थियो ।

६. समग्रमा पोखराले प्रतियोगितामा आठ खेल खेलेको छ र पछिल्ला तीन खेलमा अपराजित रहेको छ । ती खेलमध्ये पोखराको तीन जित, तीन बराबरी र दुई हार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?