+
+

नेपाल सुपर लिग २०२३ : ललितपुरमाथि धनगढीको सुरक्षा तोड्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १०:०५

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने दोस्रो खेलमा धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । त्यससँगै जोडिएको तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको प्रतियोगिताको ११ औं र समग्रमा ३६ औं खेल हुनेछ ।

२. धनगढी र ललितपुरबीच अहिलेसम्म एक खेल भएको छ । वर्ष ०७८ को पहिलो संस्करणको त्यस खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । त्यस खेलमा धनगढीका लागि ओलावाले आफिजले ७२ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ललितपुरका लागि रञ्जन विष्टले ७८ औं मिनेटमा बराबरी गोल फर्काए ।

३. धनगढीले दुई खेल खेलेको छ र दुवैमा विजयी रहेको छ । छ अंकसहित धनगढी अंक तालिकाको शीर्ष स्थानमा छ । उसले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएपछि बुटवल–लुम्बिनीमाथि १–० को जित निकालेको थियो ।

४. ललितपुरले बुटवल–लुम्बिनी एफसीमाथि २–० को जित हात पारेयता पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

५. ललितपुरले पछिल्ला दुई खेलमा ‘क्लिन सिट’ राखेको छ ।

६. समग्रमा धनगढीले १० खेल खेलेको छ र त्यसमा छ जित, एक बराबरी र तीन हार रहेका छन् ।

७. समग्रमा ललितपुरले १० खेल खेलेको छ । त्यसमा चार जित, चार बराबरी र दुई हार रहेका छन् ।

८. ललितपुर प्रतियोगिताकै इतिहासमा सर्वाधिक ‘क्लिन सिट’ राख्न सफल टिम हो । उसले ती १० खेलमध्ये छ खेलमा कुनै गोल खाएको छैन् । ललितपुरले प्रतियोगिताको लिग चरणका पछिल्ला पाँच खेलमा कुनै गोल खाएको छैन् । उसले लिग चरणमा गोल खाएको अन्तिम खेल भनेकै धनगढीविरुद्ध रहेको छ ।

९. ललितपुरले लिग चरण खेलमा गोल नखाएको समय ४६८ मिनेट पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?