+
+

जुुनसुकै विकल्पबाट भए पनि निर्माण व्यवसायीको भुक्तानी दिनुपर्छ : मन्त्री ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १२:१९

१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीले गरिसकेको कामको रकम भुक्तानी गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रहेको रकम मात्रै दिन सके पनि अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताएका हुन् ।

‘भुक्तानीका विषयमा हामी आफैं भुक्तमान व्यहोरिरहेका छौं । हामी आफैं माग्ने पक्ष जस्तो भएका छौं । सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ । त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ ।’

अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाले दाबी गरे ।

‘जसरी भयावह छ सक, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी घाँटी नै अठ्याउन थाल्यो कि भन्ने अवस्था अलि होइन । त्यति धेरै निराशा बाँड्न पनि हुँदैन । साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौं, उनले भने ।

मन्त्री ज्वालाले लगानी सम्मेलन फलदायी बनाउन द्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?