+
+

शेषमणिको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ९:३५

दाङ । दाङका साहित्यकार शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार लमहीमा आयोजित कार्यक्रममा घिमिरेको कविता संग्रह सार्वजनिक गरिएको हो ।

‘देउखुरीको माटो’ कविता संग्रहमा गद्य, पद्य, अल्पपद गरी मिश्रित ढाँचाका ६० वटा कविता संग्रहित छन् ।

यसमा समेटिएका छन्दोवद्ध कविताहरुमा सामाजिक सदभाव र नैतिक आचरका सन्देश प्रस्तुत गरिएको छ । यसैगरी कतिपय मुक्तलयका कविताहरुले देउखुरीको माटो, संस्कार, संस्कृति र प्राकृतिक पक्षको सजीव चित्रण गरेका छन् ।

उक्त कृतिमा समावेश केही गीति कविताहरु कवि र कवि वस्ते समाजको जीवन गीत गाउन सफल देखिन्छ । प्रायः सबैजसो कविताहरु मानवतावादी मूल्यवोध र सुन्दर समाज निर्माणसँग पनि जोडिएका छन् । कृष्णा शर्माले प्रकाशन गरेको ८६ पृष्ठको कविता संग्रहको मूल्य २०० रुपैयाँ राखिएको छ ।

घिमिरेको साहित्यिक नाम ‘अनन्त’ हो । उनको पहिलो रचना ‘त्यो बेला’ कविता (२०३४) हो । घिमिरेका अन्य उपन्यास, कथा, कविता अप्रकाशित छन् । देउखुरीको राप्ती गाउँपालिका–१ पाखापानी निवासी घिमिरेले करिब एक दर्जन सम्मान तथा पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?