+
+

चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १४:३४

१७ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देश पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको छ ।

आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अंक पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रुपमा सार्वजनिक गरेको हो ।

प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । उनीहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा. डा सरला श्रेष्ठ छन् ।

त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् ।

प्रस्तुतिकरण र अन्तर्वार्तामा धेरै अंक ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।

निर्देशक सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो ।

समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल छन् भने समितिमा प्रा.डा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?