+
+

एन्सेलोट्टीले दिएको भूमिकामा उडान भर्दै बेलिङ्घम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १४:५१

१९ मंसिर, काठमाडौं । जुड बेलिङ्घम पछिल्लो गोल्डेन ब्वाय अवार्डको विजेता हुन् । उनले रियल मड्रिडका खेलाडीले बेवास्ता गरेको व्यक्तिगत पुरस्कार पाएका छन् ।

टुटोस्पोर्ट्स डट कम वेबसाइटद्वारा उत्कृष्ट यू-२१ खेलाडीलाई प्रदान गर्ने गोल्डेन ब्वायको पछिल्लो विजेता बन्न सफल भए इंग्ल्याण्डका यी खेलाडी ।

यो अवार्ड २० वर्ष पुरानो छ र रियल मड्रिडले यसै सिजनमा अनुबन्ध गरेको बेलिङ्घमहले युवा उत्कृष्ट खेलकुद लेखक सम्मिलित जुरीको ५० मध्ये ४५ भोट पाए ।

यो अवार्ड सन् २००५ मा लिओनल मेसीले जितेका थिए । यस्तै २०१३ मा पउल पोग्बा र २०१७ मा केलियन एमबाप्पेले जितेका थिए भने एर्लिङ हालान्ड २०२० को विजेता हुन् ।

श्रेय एन्सेलोट्टीलाई

युवा मिडफिल्डर बेलिङ्घमले रियल मड्रिडमा पहिलो सिजनमै शानदार प्रदर्शन गरे । उनले रियलका लागि १७ खेल खेल्दा १५ गोल गरेका छन् ।

रियलमा आफ्नो सफलताको पछाडिको श्रेय उनले प्रशिक्षक एन्सेलोट्टीलाई दिएका छन् । गोल्डेन ब्वाय  अवार्ड जित्दा पनि उनले प्रशंसा गरे । ‘यसको श्रेय एन्सेलोट्टीलाई जान्छ । जसले मेरो लागि सही स्थान पत्ता लगाए मैदानमा मलाई धेरै स्वतन्त्रता दिए । अहिले म उडान भर्दैछु’ बेलिङ्घमले भनेका छन् ।

तर बेलिङघमले एन्सेलोट्टी आफूसँग निराश रहेको पनि बताए । उनले आफूलाई भाषाको कठिनाइ परेको पनि बताए । ‘मैले भाषाका कारण अप्रत्याशित बाधाहरूको सामना गरिरहेको छु । यो मेरो लागि गाह्रो छ, म यो स्वीकार गर्दछु । कुनै पनि अवस्थामा, म अधिकतम प्रतिवद्धताको वाचा गर्छु’, बेलिङघमले भनेका छन् ।

२०२४ को गोल्डेन ब्वाअवार्डको दाबेदार को?

अब सन् २०२४ मा गोल्डेन ब्वाय अवार्ड कसले जित्ला भनेर बेलिङ्मलाई गरिएको प्रश्नमा उनले तीन जनाको नाम लिए ।

‘पहिलो अर्दा गुलेर, जो चोटबाट मुक्त भएका छन् । उनी उत्कृष्ट छन् र प्रशिक्षणमा राम्रो गरिरहेका छन् । त्यसपछि बोरुसिया डर्टमण्डका मेरो पूर्व टिममेट जेमी ब्रानोय गिटेन्स र अन्तिममा मेरो भाइ जोब, जो हाम्रो बुबा जस्तै शुद्ध स्ट्राइकर हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?