+
+

गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिलाको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १२:२४

काठमाडौं । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् । दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन् ।

मनोरञ्जन क्षेत्रबाट भने टेलर स्वीफ्ट सबैभन्दा अघि देखिएकी हुन् । यसै वर्ष फोर्ब्सले उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको थियो । म्यागजिनका अनुसार स्वीफ्टको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर छ ।

शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्से ३६ औं स्थानमा छिन् । अघिल्लो वर्ष ८० औं स्थानमा रहेकी बियोन्से ४४ स्थान माथि उक्लिएकी हुन् । गत फेब्रुअरीमा बियोन्से सर्वाधिक ग्रामी अवार्ड जित्ने गायिका घोषित भएकी थिइन् ।

गायिका रिहाना ७४ औं स्थानमा छिन् । रिहानाको कुल सम्पत्ति १.४ बिलियन डलर छ । गत जुनमा यी तीन जना अमेरिकी गायिकालाई फोर्ब्स अमेरिकाका धनी सेल्फमेडको सूचीमा राखेको थियो । टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे ३१ औं स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?