+
+

एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १३:०६

काठमाडौं । पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ । मंगलबार एनसेलले जवाफी पत्र पठाएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको उनले बताए ।

एनसेलले पठाएको पत्रमा आजियाटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद-बिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ । ‘नियमावली र विनियमावलीका प्रावधान पूर्ण पालना गर्न सदा झैं आजियाटा प्रतिबद्ध रहेको छ,’ एनसेलको पत्रमा भनिएको छ, ‘दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल ती संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद-बिक्रीको स्वीकृतिका निवेदन पेश गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?