+

३ हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउँछौं : पारस खड्का

२०८० मंसिर  २० गते १६:३९ २०८० मंसिर २० गते १६:३९
३ हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउँछौं : पारस खड्का

२० मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् ।

यू–१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा उनले भने, ‘हामी २/३ हप्तामा २०२४ को घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डर सार्वजनिक गर्नेछौं ।’

क्यालेन्डरमा आगामी जनवरीदेखि डिसेम्बरसम्म उमेर समूह, महिला तथा पुरुष क्रिकेटमा वर्षभरि हुने खेल प्रतियोगिताहरु समावेश हुनेछ ।

सन् २०२४ मा नेपालको सिनियर पुरुष टिमले टी–२० विश्वकप खेल्दैछ भने यू–१९ टिमले पनि विश्वकप खेल्दैछ । सन् २०२४ को जनवरी १३ देखि फ्रेब्रुअरी ४ सम्म यू–१९ विश्वकप हुनेछ । त्यसपछि जुन महिनामा सिनियर क्रिकेट टिमले टी–२० विश्वकप खेल्छ ।

महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेशस्तरका छनोट खेल भइरहेका छन् । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता १ पुसदेखि काठमाडौंमा हुनेछ ।

सचिव खड्काका अनुसार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्रिकेट विकासको योजनासहितको आफ्नो प्रस्तुति युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसमक्ष राख्ने तयारी छ ।

नेपाल क्रिकेट संघ पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय