+
+

अरुको आन्दोलनको विरोध र समर्थनमा हतार गर्दैनौं : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १९:०६

२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अरुले गर्ने आन्दोलनको विरोध र समर्थन गर्न हतार नगर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले अस्थिरता र अराजकताभित्र भविष्य नखोज्ने जिकिर गरे ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकताभित्र आफ्नो भविष्य खोज्दैन । अरुले गर्ने आन्दोलनलाई विरोध र समर्थन गर्न हतार गर्दैन’ उनले भने ।

राप्रपाको बैठकले पुस, माघ, फागुन र चैत महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

‘निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर, पुस, माघ, फागुन र चैतमा आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रस्तुत गरेको छ’, लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?