+
+

‘वन्डर किड’ विमल घर्तिमगर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १९:३१

२१ मंसिर, काठमाडौं । निकै कम उमेरमै तहल्का मच्चाउन सफल खेलाडीका रूपमा रहेका छन्, विमल घर्तिमगर । त्यसैले पनि उनलाई नेपाली फुटबलको वास्तविक ‘वन्डर किड’ भनिन्छ ।

एन्फा एकेडेमीमा आवद्ध भएको सुरुआती दिनमै भन्न सुरु भएको थियो, यो खेलाडीले केही गर्नेछ । दुई तथ्यका लागि उनलाई सधैं सम्झिने छ । पहिलो, नेपालका लागि डेब्यु गरेको क्षण । त्यति बेला उनी भर्खर १४ वर्षका थिए । अनि डेब्युकै एक वर्षमा उनले गरेको गोल ।

अस्ट्रेलियालाई आफ्नो गन्तब्य बनाएयता अहिले विमल एफसी चितवनका लागि नेपाल सुपर लिग २०२३ मा खेलिरहेका छन् । उनी चितवनका आइकोनिक खेलाडी हुन् ।

विदेश गएयता फुटबल खेल्न नेपाल आएका केही खेलाडीमा उनी पनि पर्छन् । चोट र व्यक्तिगत कारणले विभिन्न समय उनी फुटबलबाट केही समयका लागि टाढा पनि रहे । तर जति जति बेला उनी मैदानमा रहने गर्छन्, उनको खेलले सबैको नजर तान्ने नै गर्छ ।

सुरुआती करियर

विमलको त्यही बेलादेखि चर्चा सुरु भइसकेको थियो, जति बेला उनी एन्फा एकेडेमी आवद्ध भए । उनी एन्फाको पाँचौं ब्याचका खेलाडी हुन् । सुरुदेखि अग्रपंक्तिका खेलाडीका रूपमा आफ्नो परिचय बनाएका विमलले नेपालका लागि यू–१४ देखि लिएर यू–१७, यू–१९ यू–२० र यू–२३ सबै उमेर समूहमा खेले ।

क्लब फुटबल खेल्न अगाडि नै र कुनै क्लबका लागि घरेलु फुटबलमा सहभागी हुन पहिले नै उनले राष्ट्रिय टिममा खेल्ने मौका पाएका थिए ।

उनले प्राप्त गरेको पहिलो ठूलो सफलता भनेको आफ्नै कप्तानीमा सन् २०१६ मा काठमाडौंमै यू–१९ साफ च्याम्पियनसिप जित्नु हो । त्यस्तै नेपालले भारतमा भएको दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलतर्फ स्वर्ण जित्दा त्यसमो उनको ठूलो योगदान रह्यो ।

भारतसँगको फाइनल खेलका क्रममा बिमल बल अघि बढाउँदै

गोलका लागि ठीक समयमा ठीक स्थानमा रहनु उनको सबैभन्दा ठूलो विशेषता हो । उनको बलमाथि पनि सटिक नियन्त्रण राख्न सफल हुने गर्छन् र गोलका लागि अचुक प्रहार गर्छन् ।

नवलपरासीमा जन्मेका नेपाली घरेलु फुटबलमा थ्री स्टार, च्यासल युथ क्लब र मछिन्द्रका लागि खेले । मछिन्द्रले वर्ष ०७५ र ०७६ मा शहीद स्मारक लिग ‘ए’ टिम जित्दाको टिमका सदस्य हुन् ।

युरोपका नाम चलेका क्लब ट्वान्टी, एन्डरलेट र जेन्कमा ट्रायल लिएका विमलले भारतको मोहन बगानबाट पनि खेले । यसरी विदेशी टिमका लागि युरोपमा ट्रायल दिदां होस अथवा भारतमा व्यवसायिक फुटबल खेल्दा उनी कहिले पनि चर्चाबाट टाढा रहेनन् ।

राष्ट्रिय टिममा प्रदर्शन

नेपाली राष्ट्रिय टिमका लागि राम्रो प्रदर्शन गर्न सफल खेलाडीको सूचीको उनको नाम सबैभन्दा अगाडि आउने गर्छ । उनले सन् २०१२ मा डेब्यु गरेका हुन् ।

त्यो वर्षको सेप्टेम्बर २० मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले डेब्युको अवसर पाएका थिए र यस क्रममा नेपालका लागि सबैभन्दा कम उमेरमा खेल्ने खलाडी बने । प्रशिक्षक थिए, कृष्ण थापा । उनले सुरुआती स्टार्टिङ लाइन–अपबाटै खेल्ने अवसर पाएका थिए ।

उनले आफ्नो पहिलो गोका लागि लामो समय भने कुर्नु परेन । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पिनयसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि उनको ख्याति अझ बढेको हो । लिग चरणको त्यस खेलमा नेपाल अधिकांस समय एक गोलले पछाडि रहेको थियो र हारसँगै नेपालको सेमिफाइनल समीकरण गाह्रो हुने निश्चित थियो । तर विमलले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दै सनसनी मच्चाएका थिए ।

डेब्यु गरेयता उनी नेपाली राष्ट्रिय टिमका लगभग नियमित परिरहेका छन् । सन् २०१६ मा नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जित्दा पनि विमल प्रमुख खेलाडी थिए ।

उनले अहिलेसम्म नौ गोल गरिसकेका छन् र नेपालका लागि सर्वाधिक गोल गर्ने सूचीमा उनी चौथो सूचीमा छन् ।

उनले भन्दा बढी नेपाली टिमका लागि अन्य पाँच खेलाडीले मात्र गोल गरेका छन् । आफ्नो खेल जीवनलाई व्यवस्थित गर्दै ठीक ढंगले सम्हाल्ने हो भने उनी सर्वाधिक गोलको कीर्तिमान छुन सक्षम खेलाडी हुन् ।

नेपालका लागि प्रदर्शन

कुल क्याप : ४०

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?