+
+

एनसेलको बिक्री रहस्यमय छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १६:४८

२१ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेको बताएका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे अनुसन्धान गर्नैपर्ने बताए ।

‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ’, उनले भने ।

अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिद बिक्रीबारे छलफल सुरु गरेका छन् । बुधबार लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?