+
+

एलपीएलमा टीकापुर र सत्यवती एकेडेमी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १९:५८

२१ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत पाँचौं दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् ।

युथ अफ टीकापुरले शारदा सेकेण्डरी स्कुललाई र सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई पराजित गरेका हुन् ।

टीकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । शारदाका लागि सुशान्त खत्रीले सर्वाधिक ३७ र सुवास सिंहले १६ रन जोडे ।

युथ अफ टीकापुरका प्रकाश जैसीले ३, मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको युथ अफ टीकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए।

प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदीप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए।

शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए ।  अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए।

बिहीबारको दोस्रो खेलमा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ लाई ३ विकेटले पराजित गर्‍यो । जेएस स्पोर्ट्स-११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

सत्यवतीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान दिए । २४ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। समिर कार्कीले १३ तथा खगेन्द्र जोशी ११ रन बनाए ।

जेएस स्पोर्ट्स-११ का बलर राज बमले ३ विकेट, नितिश न्यौपानेले २ तथा साजन बिटालुले १ विकेट लिए। टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स-११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो।

जेएस स्पोर्ट्स-११ को लागि राजेश साउदले सर्वाधिक १९ तथा सुनिल चन्दले १७, रोयल बमले ११ तथा साजन बिटालुले ११ रन बनाए।

सत्यवती एकेडेमीको बलिङमा अभिषेक कोइरालाले ३ विकेट लिए भने फिर्दोश अन्सारी, रञ्जित कुमार र सन्तोष कार्कीले समान २/२ विकेट लिए। प्लेयर अफ द म्याच घोषित भएका अभिषेकले ४ ओभरमा १५ रन खर्चिएका थिए ।

प्रतियोगिता अन्तर्गत छैठौं दिन पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे युथ अफ टीकापुर र धनगढी क्रिकेट एकेडेमीबीच तथा दोस्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्ट्स क्लब र शुक्लाफांटा ब्ल्याकबक्स बीच हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?