+
+

एनएसएलमा आज ‘डबल हेडर’, धनगढी र इलाम तथा बुटवल लुम्बिनी र काठमाडौं भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते ८:५२

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ ।

अपराजित धनगढी ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । धनगढीले दुई खेल जित्दा एक बराबरी खेलेको थियो । शीर्ष स्थानको ललितपुर सिटी भन्दा एकले पछि रहेको धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

ललितपुरले ४ खेल खेलिसकेको छ र ८ अंक जोडेको छ ।

उता स्पोर्टिङ इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ । इलामले यस सिजन सबैभन्दा धेरै ३ खेलमा हार बेहोरिसकेको छ । यदि धनगढीलाई हराउन सके इलाम शीर्ष चारमा पुग्नेछ ।

अंक तालिकामा सुधार गर्ने अवसर

यस्तै आज हुने अर्को खेल बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामै हुनेछ ।

काठमाडौं र बुटवल दुवैलाई आजको खेल जितेर अंक तालिकामा सुधार गर्ने अवसर छ । अपराजित काठमाडौं ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । बुटवललाई हराएमा काठमाडौंले लिग लिडर ललितपुरसँग समान ८ अंक जोड्नेछ ।

उता बुटवल ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । काठमाडौंलाई हराएमा बुटवलले पनि अंक तालिकामा सुधार गर्नेछ । बुटवलले चार मध्ये एक जित र एक बराबरीको नतिजा निकाल्दा दुई खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?