+
+

धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १९:३७

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

२०८० पुष १४, शनिबार
Dhangadhi F.C.
Dhangadhi F.C.
Afeez Olawale(37),Ahmad Hijazi(98) Richard Osei Agyemang(80)
2 - 3 Full Time
Lalitpur City F.C.
Lalitpur City F.C.
Imoh Ezekiel(45+11),Dinesh Hemjan(50),Imoh Ezekiel(58)
दशरथ रंगशाला, त्रिपुरेश्वर

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित हुँदै २० लाख रुपैयाँ पाएको छ । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

प्रतियोगितामा फेयर प्लेको उपाधि वीरगञ्ज युनाइटेडले पाएको छ । त्यस्तै उदीयमान खेलाडीको उपाधि धनगढीका रोहन कार्कीले पाएका छन् । सर्वोत्कृष्ट गोलकिपरको ललितपुरका जेफ्री विली मार्सल बाल्टुस घोषित भएका छन् । कार्की र जेफ्रीले जनही एक लाख रुपैयाँ पाएका छन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता ललितपुर सिटी एफसीका इमोह इजेकेल बनेका छन् । ६ गोल गरेका उनले गोल्डेन बुटसँगै एक लाख रुपैयाँ पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललितपुरका अनन्त तामाङ बनेका छन् । उनले गोल्डेन बलसँगै २ लाख रुपैयाँ पाएका छन् ।

सर्वोत्कृष्ट खेलाडी ललितपुरका अनन्त तामाङ ।
सर्वाधिक गोलकर्ता ललितपुर सिटी एफसीका इमोह इजेकेल ।
सर्वोत्कृष्ट गोलकिपर ललितपुरका जेफ्री विली मार्सल बाल्टुस ।

 

उदीयमान खेलाडीको उपाधि जितेका धनगढीका रोहन कार्की ।

तस्वीरहरु : चन्द्रबहादुर आले र आर्यन धिमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?