+
+

नेपाल सुपर लिग २०२३ : धनगढीलाई दोहोरो अंक छुने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते ११:०१

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने ‘डबल हेडर’ को पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामको सामना गर्नेछ । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको १८ औं र समग्रमा ४३ औं खेल हुनेछ ।

२. इलाम प्रतियोगिताको नवप्रवेशी टिम रहेको हुनाले धनगढीसँगको खेल उनीहरूबीचको पहिलो प्रतिस्पर्धा हुनेछ ।

३. धनगढीको तीन खेलबाट सात अंक छ र लिग तालिकको दोस्रो स्थानमा छ । अहिलेसम्म अपराजित धनगढीसामु जितसँगै शीर्ष स्थानमा उक्लने र लिग तालिकामा दोस्रो अंक छुने अवसर हुनेछ ।

४. धनगढीले वर्ष ०७८ मा लिग चरणको खेल समाप्त हुँदा छ खेलबाट १० अंक जोडेको थियो ।

५. धनगढीले यसपल्ट वीरगञ्ज युनाइटेडलाई २–१ र बुटवल–लुम्बिनी एफसीलाई १–० ले हराएयता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो । धनगढीले पछिल्लो २ सय २५ मिनेट कुनै गोल खाएको छैन ।

६. इलाम चार खेलबाट तीन अंक जोड्दै सातौं स्थानमा छ । धनगढीविरुद्ध जित निकाल्न सके इलामसामु अंक तालिकाको शीर्ष चारमा उक्लने अवसर पनि हुनेछ । पराजित भएमा क्वालिफायर/इलिमिनेटरको सम्भावना अझ कमजोर हुनेछ ।

७. इलाम काठमाडौं रेजर्ससँग १–०, बुटवल–लुम्बिनीसँग २–१ र पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो । उसले झापा एफसीविरुद्धको खेल भने १–० ले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?