+
+

मिस वर्ल्डको लागि प्रियंकाले बनाइन् सामुदायिक भवन, विद्यालय पनि चिटिक्क (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १३:२८

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले आफ्नो पहलमा चितवनको दुुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छिन् ।

आगामी विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्यूटी विथ पर्पसका लागि जोशीले सहयोगी हात अघि बढाएकी हुन् । उक्त विधाका लागि प्रियंकाले उक्त गाउँलाई छनोट गरेकी हुन् । यहाँ उनले विद्यालयको मर्मत र स्थानीयलाई उद्यमशिलताका सीप पनि बाँडेकी छन् ।

शनिबार आयोजित जमघटमा प्रियंका र गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले सामुदायिक भवनको उद्घाटन गरे । हजार स्क्वायर फिटमा बनेको उक्त हलका लागि ४० कुर्सीसहित विद्युत र ध्वनी उपकरण पनि जडान गरिएको छ ।

‘उक्त हलले अन्ततः त्यहाँको पर्यटनलाई फाइदा पुग्ने देखिन्छ । होमस्टेसँगै सानोतिनो सेमिनार र गोष्ठी पनि गर्न सकियो भयो’ कार्यक्रमका लागि त्यहाँ पुगेका द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरसँग भने । कूल ८० घर रहेको गाउँका १६ घर होमस्टेका लागि प्रयोगमा छन् ।

साथै, शिक्षकलाई बस्न मिल्ने गरि स्थानीय विद्यालयको एक भवन पनि मर्मतसम्भार गरिएको छ । खाट र भान्साका केही सामान राखेर बस्न मिल्ने बनाइएको छ । विद्यालयको बाहिर र भित्र पनि प्लास्टर गरेर चिटिक्क तुल्याइएको छ ।

घर र भान्सालाई कसरी सफा राख्ने तथा खानेकुरा कसरी बनाउने भननेबारे पनि स्थानीयलाई तालिम दिइएको छ । इन्डक्सन चुलो, प्रेसर कुकर, तन्ना र तकिया, ऐना पनि वितरण भएको छ । होमस्टे घरलाई पनि रङरोगन गरिएको छ ।

यो प्रोजेक्टअन्तर्गत स्थानीयलाई मौरीपालन सम्बन्धी तालिम पनि दिइएको छ । मौरीपालनबाट आयआर्जन हुन सकोस् भनेर उद्यमशिलताको सीप सिकाइएको प्रियंकाले बताइन् । सबैभन्दा सुरुमा उक्त गाउँमा राष्ट्रिय विद्युत प्रसारण लाइनबाटै विजुली जडान गरिएको थियो ।

यो प्रोजेक्टका लागि ६० लाख रुपैयाँ खर्च भएको द हिडन ट्रेजरले जनाएको छ । यसका लागि कतिपय प्रयोजक र संस्थाले पनि सघाएका छन् । नेपाल मिस वर्ल्डको उक्त विधाको प्रमुख दाबेदार मध्ये हो । केही पटक त नेपालले उपाधि पनि जितेको छ । आगामी मिस वर्ल्ड मार्च ३ मा भारतमा हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?