+
+

मिस वर्ल्डको फिनाले आज बेलुका, प्रियंका भन्छिन्- उत्कृष्ट दिने प्रयास गर्नेछु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १०:३०

काठमाडौं । ७१ औं मिस वर्ल्डको फिनाले नेपाली समयानुसार आज बेलुका ७ः४५ बजेदेखि भारतको मुम्बईमा हुँदैछ । उपाधिका लागि नेपालसहित ११५ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा हुने फिनालेमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधाको एसियाली विजेताको रुपमा नेपाल उत्कृष्ट ४० मा प्रवेश गरिसकेको छ ।

‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्युटी विथ अ पर्पस’ विधामा प्रियंकाको बलियो उपस्थितीले अवश्य पनि नेपाल दाबेदार हो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले समारोह होस्ट गर्नेछन् ।

सान मुखर्जी, नेहा कक्कर, टोनी कक्कर, टोनी एन सिंहले प्रस्तुति दिँदैछन् ।

फिनालेको सुरुमा ४० प्रतिस्पर्धी छनोट हुनेछन् । त्यसपछि १२ सेमिफाइनलिस्ट तय हुनेछन् । अनि उत्कृष्ट ८ को घोषणा हुनेछ । त्यसपछि प्रत्येक महादेशबाट विजयी हुँदै उत्कृष्ट ४ घोषणा हुनेछन् । उत्कृष्ट चारबाट एकजना फस्ट रनरअप र विजेता घोषणा गर्ने सूची छ ।

अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले फिनालेलाई लिएर आफू आशावादी र आत्मविश्वासी रहेको महसुस गरेको बताइन् । उनले मुलुकको लागि उत्कृष्ट दिने प्रयास हुने बताइन् ।

सोनीलिभले फिनालेको प्रत्यक्ष स्ट्रिमिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?