+
+

मिस वर्ल्डमा सहभागिता जनाएर स्वदेश फर्किइन् प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २१:५३

काठमाडौं । भारतमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाएर प्रियंकारानी जोशी आइतबार बेलुका स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले स्वागत गरे ।

मिस वर्ल्डको फिनालेमा उत्कृष्ट ४० मा पुग्न सफल प्रियंका ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया र ओसियाना महादेशबाट उत्कृष्ट घोषित भइन् । यो विजयलाई उनलाई क्वार्टरफाइनलमा पुर्‍यायो ।

उनी अन्तिम ४० बाट बाहिरिएकी थिइन् । ‘ब्युटी विथ अ पर्पस’मा महादेशीय विजेता बनेसँगै प्राप्त गरेको अवार्ड पनि उनले स्वदेश ल्याएकी छन् । उनले यो खुशि विमानस्थलमा आफूलाई लिन पुगेकाहरुसँग साटिन् ।

प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन पहुँचको प्रोजेक्टलाई ब्युटी विथ अ पर्पस विधामा प्रस्तुत गरेकी थिइन् ।

झण्डै एक महिनासम्म भारतको दिल्ली र मुम्बईमा चलेको ७१ औं मिस वर्ल्डको फिनाले शनिबार बेलुका मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?