+
+

नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते २१:२०

काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् ।

प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको छ ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा फिनाले आयोजना गरिएको थियो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले समारोह होस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?