+
+

नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ९:५१

काठमाडौं । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशिको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।

ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो । कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् ।

अब यी फाइनलिस्टले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ । महत्वपूर्ण कुरा के हो भने, नेपाल मिस वर्ल्डको ब्युटी विथ पर्पस विधामा दाबेदार हो ।

‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा नेपाली समयानुसार १०ः१५ बजे बिहान दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी-२० सम्मेलन पनि आयोजना गरिएको थियो ।

‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा नेपाल प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा नेपालको उपस्थिती यसपटकको मिस वर्ल्डमा बलियो देखिएको छ । ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?