+
+

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा, उजुरीकर्तासँग छलफल सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १५:४६
संसदीय सुनुवाइ समितिको फाइल तस्वीर ।

२४ मंसिर, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।

आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।

अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको उनको भनाइ छ ।

न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?