+
+

अन्तरिम आदेशका कारण विकास निर्माण रोकिनुहुन्न : प्रस्तावित न्यायाधीश पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १२:४५

२ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल पोखरेलले अदालतबाट जारी हुने अन्तरिम आदेश र अल्पकालीन आदेशले विकास निर्माणका काम रोकिन नहुने बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले विकास निर्माण, आर्थिक विकास र नागरिकको सम्पत्तिको हक संरक्षणमा न्यायकर्ता सचेत हुनुपर्ने बताएका हुन् । यस्तो अवस्थामा न्यायिक सक्रियता र न्यायिक आत्मसंयमताबीच सन्तुलन कायम गर्नुपर्ने उनको बुझाइ छ ।

‘अतः व्यक्तिको सम्पत्तिमाथिको अधिकार कुण्ठित नहुने गरी विकास निर्माण र आर्थिक विकासका कार्यले निरन्तरता पाउने गरी सुन्तुलित भूमिकाबाट न्याय सम्पादन हुनुपर्छ भन्ने मान्यता रहेको छ’, प्रस्तावित न्यायाधीश पोखरेलले कार्ययोजनामा भनेका छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका व्यक्तिहरुको गत शुक्रबारदेखि सुनुवाइ भइरहेको छ । शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान, आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना तथा आइतबार पोखरेलको सुनुवाइ भइरहेको छ ।

सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरु न्यायाधीश नियुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?