+
+

इटहरीका स्कूलमा ६ दिनमा ६ थरी खाजा, फलफूलदेखि मासुसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १६:३१

२४ मंसिर, विराटनगर । इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ ।

इटहरीका मेयर हेकर्ण पौडेलले विद्यालय खुल्ने ६ दिन फरक फरक खाजा खुवाउने र एक दिन मासु पनि समावेश गरेको बताए ।

आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजाको सुरुवात गरे ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बाल कक्षादेखि ६ कक्षासम्मका लागि विद्यालयमै पोषिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामूदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी ५ करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई दिवा खाजाको ठेक्का दिएको छ । दिवा खाजा कार्यक्रममा इटहरी उपमहानगरपालिकाका ८ हजार २८ विद्यार्थी सहभागी छन् ।

दिवा खाजा कुन बार के ?

आइतबार : तीन किसिमका फलफूल, २१० ग्राम
सोमबार : अण्डा र चिउरा
मङ्गलबार : मिसाइएको गेडागुडीको तरकारी र चिउरा
बुधबार : चामलको खीर र तरकारी
बिहीबार: दही, चिउरा र तरकारी
शुक्रबार: खसी वा कुखुराको मासु र चिउरा, (शाकाहारीका लागि मटर पनिर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?