+
+

सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते २०:२०

२४ मंसिर, पोखरा । कास्कीमा सवारी दुर्घटनामा परी  गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ ।

आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?