+
+

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १८:५५

२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।

मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।

दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।

‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आ.ब.को साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लिखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस वर्षको तलव भत्ता निकासा गर्न नसकिने मन्त्रालयको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?