+
+

अभियन्ता ईः ललितपुर महानगरपालिका कार्यालय अगाडि १०८ मिनेट उभिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ९:१२

२६ मंसिर, काठमाडौं । अभियन्ता ईः ललितपुर महानगरपालिका कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् । फुटपाथ पसल हटाउने महानगरपालिकाको निर्णयविरुद्ध उनले उभिएर विरोध जनाउन लागेका हुन् ।

यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथबाट व्यापारीहरुलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए । त्यतिबेला महानगरपालिका र ईः बीच फुटपाथ पसललाई व्यवस्थित गर्ने लगायतका चार बुँदामा सहमति भएको थियो ।

ललितपुर महानगरपालिकाले पनि विकल्पविना फुटपाथका व्यापारीहरुलाई हटाउने निर्णय गरेपछि ईःले फेरि उभिएर विरोध जनाउन लागेका हुन् ।

उनले मंगलबार अपराह्न ३ बजेदेखि ललितपुर महानगरपालिका कार्यालय अगाडि उभिएर विरोध जनाउने जानकारी दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै अभियन्ता ईःले आफ्नो यो अभियानमा साथ दिन फुटपाथ व्यवसायी र अन्य इच्छुकलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?