+
+
विचित्र :

८ महिनापछि भेटियो अन्तरीक्षमा हराएको गोलभेँडा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १४:५९

२६ मंसिर, काठमाडौं । अन्तरीक्षमा गोलभेँडा सँग सम्बन्धित एउटा रहस्य सुल्झिएको छ । गत मार्च महिनामा अन्तरीक्षमा फलाइएका गोलभेँडालाई काटिँदै थियो । त्यहीँ बेला एउटा गोलभेँडा हरायो ।

अन्तरीक्षयात्री फ्रेंक रुबियोको साथबाट उक्त गोलभेँडा हराएको थियो । अन्ततः करिब ८ महिनापछि उक्त सानो गोलभेँडाको अवशेष फेला पारिएको छ ।

अन्तराष्ट्रिय स्पेस स्टेशनमै उक्त गोलभेँडा फेला परेको थियो । नासाकी अन्तरीक्षयात्री ज्यास्मिन मोघबेलीले गत बुधबार लाइभस्ट्रिमका क्रममा सो खुलासा गरेकी हुन् । त्यसक्रममा उनले भनिन्, ‘हाम्रा असल मित्र फ्रेंक रुबियो घर फर्किसकेका छन् । उनलाई गोलभेँडा हराएको विषयमा लामो समयदेखि दोषी ठहराइएको थियो । तर हामीले उनलाई दोषमुक्त गर्न सक्दछौँ । हामीले गोलभेँडा फेला पारेका छौँ ।’

अन्तराष्ट्रिय स्पेस स्टेशनको २५ औँ वर्षगाँठको अवसरमा उक्त लाइभस्ट्रिम गरिएको थियो । यद्यपि उक्त गोलभेँडा कहाँ र कुन अवस्थामा भेटियो भन्ने विषयमा भने खुलासा गरेकी छैनिन् ।

१ इन्चको गोलभेँडा हराएको घटना रुबियोका लागि एउटा ठूलो मजाक बनेको थियो । वास्तवमा अन्तरीक्षमा Veg-05 नामक प्रयोग भएको थियो जसको अन्तिम बालीका रुपमा गोलभेँडा थियो । सन् २०२३ को मार्च २९ मा उक्त गोलभेँडा टिपियो र सबै अन्तरीक्षयात्रीालई नमूनाको रुपमा दिइयो । रुबियोको भागको परेको हिस्सा एउटा प्लास्टिकमा राखिएको थियो । तर रुबियोले त्यो खान नपाउँदै अन्तरीक्ष स्टेशनमा कोही आइपुग्यो ।

हराएको गोलभेँडाका विषयमा पहिलोपटक गत सेप्टेम्बर १३ मा जानकारी सार्वजनिक भएको थियो । रुबियो एउटा कार्यक्रममा बोल्दा उक्त विषयमा बोलेका थिए । आफुले गोलभेँडा खोज्नका लागि धेरै घण्टा बिताएको उल्लेख गर्दै रुबियोले भनेका थिए : मलाई एकीन छ कि सुकेको गोलभेँडा भविष्यमा कुनै दिन अवश्यपनि देखिनेछ ।

स्मरण रहोस् स्पेस स्टेशन ६ बेडरुमवाला घरजत्रै आकारको छ । त्यहाँ माइक्रो ब्लगिङमा कुनैपनि वस्तु सजिलैसँग हावामा तैरिन्छन् । यद्यपि यस्तो स्थितिमा खासाले भेन्टिलेसनको जाँच गर्न भन्दछ ।

२५ वर्ष पूरानो स्पेस स्टेशन पूर्णरुपमा भरिएको छ । स्पेस स्टेशनमा रुखबिरुवा उमार्ने अनुभवहरुबाट वैज्ञानिकहरुले चनद्रमा तथा मंगल ग्रह कसरी वनस्पती उमार्ने भन्ने कुरा सिक्नेछन् । रुबियोका अनुसार हराएको गोलभेँडा उनले स्पेस स्टेशनमा १८।२० घण्टासम्म खोजेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?