+
+

स्नोल्यान्ड र बूढानीलकण्ठ  विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते २०:३५

२६ मंसिर, काठमाडौं । स्नोल्यान्डले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार विजयी भएको  छ ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भइरहेको प्रतियोगितामा स्नोल्यान्डले बौद्ध ‘बी’ लाई ९५–६० ले पराजित गर्‍यो । स्नोल्यान्डका विजयी गुरुङले २७ अंक योगदान गरे ।

पहिलो क्वाटरमा स्नोल्यान्ड १६–२२ ले पछि गरेको थियो । तर बाँकीका ३ क्वाटरमा स्नोल्यान्डले क्रमशः ३१–१२, २७–८ र २१–१८ को अग्रता बनाउदै जित सुनिश्चित गर्‍यो ।

पुरुषकै अर्को खेलमा तेन्जिङ शेर्पाको ३३ अंक सहयोगमा बुढानीलकण्ठले बलर्सलाई ११९–९७ ले हरायो । चारै क्वाटरमा अग्रता लिएको बुढानीलकण्ठले क्रमशः २७–१७, ४३–३३, २९–२८ र ३०–१९ को प्रदर्शन गर्‍यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?