+
+

त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक, बन्द भयो कुलपति पदक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ११:५७

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो ।

त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु भएकाले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित गरिएको बताए ।

२०१६ सालदेखि गत वर्ष ४८ औं दीक्षान्त समारोहसम्म कुलपति पदक वितरण हुँदै आएको थियो । कुलपति पदकमा १० आनासम्म सुन जडित हुन्छ ।

यसअघि गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदको बैठकले कुलपति पदक वितरण नगर्न प्राज्ञिक परिषदलाई सिफारिस गरेको थियो । सो सिफारिस अनुसार त्रिवि प्राज्ञिक परिषदले यसै वर्षदेखि लागू हुने गरी कुलपति पदक वितरण स्थगित गर्ने निर्णय गरेको थियो ।

त्रिविको ४९औं दीक्षान्त समारोह आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । दीक्षान्त समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई २७ वटा पुरस्कार वितरण गरिँदै छ ।

ती विद्यार्थीहरुको नामावली सार्वजनिक गर्दै त्रिविले त्यसमा कुनै दाबी विरोध भए मंसिर २९ गतेभित्र गरिसक्न भनेको छ ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदकबाट किशोर कुमार गौतम पुरस्कृत हुने भएका छन् । उनले व्यवस्थापन संकाय अन्तर्गत एमफिल तहमा ४ जीपीएसहित सर्वोत्कृष्ट अंक प्राप्त गरेको त्रिविले जनाएको छ ।

यसैगरी इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदकबाट एमबीए तहमा सर्वोत्कृष्ट अंक प्राप्त लक्ष्मी भट्टराई सम्मानित हुने त्रिविले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ ।

कपिल पोखरेललाई तीन पदक

एम अर्थशास्त्रमा प्रथम भएका कपिल पोखरेलले तारापद चौधरी र खगेन्द्रमान सिंह प्रधान पदक पाउने छन् । उनले चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाउने छन् ।

एमए अंग्रेजी साहित्यमा प्रथम भएकी सारा महर्जनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक पाउनेछिन् ।

सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पाउनेछिन् । उनी एमबीएस परीक्षामा प्रथम भएकी छन् ।

हिमांशु दाहाल स्मृति नगद पुरस्कार र सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शर्मिला रिजालले पाउने छिन् । उनी एमएड तहमा गणित विषयमा प्रथम भएकी छन् ।

अभिनव आचार्यले ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पदक पाउने छन् । उनी एमए राजनीतिशास्त्रमा सवएप्रथम भएका छन् ।

एमए पत्रकारिता तथा आमसञ्चार विषयमा प्रथम भएकी रत्नराज्य क्याम्पस (आरआर)की बिजीशा बुढाथोकीले नारायण शान्ति मिश्र पदक पाउने त्रिविले जनाएको छ ।

उत्कृष्ट अंक ल्याएर अन्य पुरस्कार पाउने विद्यार्थीहरुको नामावली यसप्रकार छ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?