+
+

गर्मी छल्न सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १२:५३

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको पनि देख्न सकिन्छ ।

खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छिन् । इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा उनी हट देखिएकी छन् ।

अष्ट्रेलियामा अहिले उखरमाउलो गर्मी छ । गर्मी छल्न अष्ट्रेलियाली समुन्द्री तटमा रमाइरहेका छन् । तर, यता नेपालमा भने चिसो बढेको बढ्यै छ । नेपालमा ‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत दम्पती अष्ट्रेलियामा रमाइरहेका छन् ।

यो फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका छ जहाँ उनले एक ग्रामिण गृहणीको भूमिका निर्वाह गरेकी छन् । स्वस्तिमाका लागि दशैं पछिको समय निकै ब्यस्त रह्यो । ‘भष्मे डन’पछि रिलिज भएको ‘दिमाग खराब’ले उनको ब्यस्तता ह्वात्तै बढायो । फिल्मको अष्ट्रेलिया प्रवद्र्धनसँगै निश्चल र स्वस्तिमाको लागि अष्ट्रेलिया भिजिट बिदा मनाउने अवसर पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?