+
+

स्वस्तिमाले चितवनमा थालिन् ‘बेहुली फ्रम मेघौली’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १५:१०

काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहने फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन बुधबारदेखि सुरु भएको छ । यो कमेडी-सोसल ड्रामाको छायांकन भरतपुरको मेघौली आसपासमा ३५ दिनसम्म चल्नेछ ।

बुधबार बिहान चितवनको एक मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको अभिनेता निश्चल बस्नेतले जानकारी दिए । साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन गर्ने यो फिल्मबाट स्वस्तिमाले निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन् ।

शुभसाइत पूजा समारोहबाट प्राप्त तस्वीरमा स्वस्तिमालाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ । उनी कुर्थामा सजिएकी छिन् ।

विजय बराल, सिम्रन खड्का, आमिर गौतम पनि कलाकारको रुपमा छन् । आउँदो दशैंमा डीसीएनले यो फिल्मलाई रिलिज गर्दैछ । फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

अभिनेता तथा निर्माता समेत रहेका बस्नेतले यसपछि आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउने जनाएका छन् । २०८३ सालमा ‘दिमाग खराब’को दोस्रो श्रृंखला बनाउने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?