+
+
Shares
पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव :

हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २२:१९

काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो ।

छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही फिल्मबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक बने ।

‘छक्कापन्जा ४’बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले ‘जुरी मेन्सन अवार्ड’ पाए । वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ पनि अवार्ड प्राप्त गरे ।

स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरे । लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरे । उत्कृष्ट राष्ट्रिय फिल्मतर्फ १५ र अन्तर्राष्ट्रिय फिल्मतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।

भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले पनि पुरस्कार प्राप्त गरे ।

महोत्सव प्रतिस्पर्धामा आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र शान्तिप्रिय, जय निशान्त र सुवास प्रधान निर्णायक थिए । अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।

तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै छलफल सत्र र मास्टर क्लास आयोजना भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?