+
+

मेघौलीमा पात्रको आनीबानी सिक्दै निश्चल-स्वस्तिमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:३०

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’लाई लिएर निश्चल बस्नेत र स्वस्तिमा खड्का उत्साहित छन् । नहुन् पनि किन ? यो फिल्मको निर्मातादेखि शीर्ष भूमिकामा उनीहरु छन् ।

निर्मात्रीको रुपमा स्वस्तिमाको यो पहिलो फिचर हुनेछ । चर्चित निर्माण नियन्त्रक शंकर पाण्डेले यो फिल्मबाट कार्यकारी निर्माताको रुपमा डेब्यु गर्दैछन् । बुधबार चितवनको मेघौली आसपासमा फिल्मको ‘लोकेसन खोजी’को काम सकिएको छ ।

केही साता मेघौलीमै बसेर निश्चल र स्वस्तिमाले पात्रको आनीबानी, रहनसहन र आञ्चलिकता सिके । सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै फिल्मले लोकेसन हन्टिङदेखि निश्चल र स्वस्तिमाले पात्रबारे गरेको अध्ययन अवलोकनको फोटो सार्वजनिक गरेको छ ।

बिहीबारदेखि काठमाडौंमा कार्यशाला आयोजना हुने कार्यकारी निर्माता पाण्डेले जानकारी दिए । उनका अनुसार ३५ दिनको सेड्युल तय गर्दै फागुन २२ देखि छायांकन सुरु हुनेछ । पारिवारिक कथावस्तुमा आधारित हुने यो फिल्ममा निश्चल र स्वस्तिमा अपोजिट भूमिकामा देखिनेछन् ।

यसबाहेक विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रामबाबु रेग्मी, लुनिभा तुलाधर, सिरु खड्का, बसुन्धरा भुसाल, रक्षा थापाले पनि अभिनय गर्नेछन् । यो फिल्मलाई साजन बराल र आकाश काफ्लेले संयुक्त रुपमा लेखन तथा निर्देशन गर्नेछन् । आउँदो दशैंमा डीसीएनले फिल्म रिलिज गर्दैछ ।

नरेन्द्र मैनालीको छायांकन रहने यो फिल्मको कार्यकारी निर्मातामा शंकरसहित फिरोज खड्का पनि छन् । निश्चलको ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा यो प्रोजेक्ट निर्माण हुन लागेको हो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?