+
+

२०१६ अंकसम्म पुगेर फर्कियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १५:१६

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।

अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो । त्यस्तै कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चियो ।

कुल १३४ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो । बुधबार बैंकिङ ४, विकास बैंक ४४, फाइनान्स ६, जलविद्युत् ९, उत्पादन ४२, माइक्रोफाइनान्स २९, अन्य ५ अंक बढे । निर्जीवन बीमा १४४, व्यापार २, जीवन बीमा १२९, निर्जीवन बीमा १४४ र होटल तथा पर्यटन उपसमूह ८९ अंक घटे ।

बोटलर्स नेपाल (बालाजु)को मूल्य १० प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९.७, दोल्ती पावरको ८.९ तथा एक्सल डेभलपमेन्ट बैंकको ७.७ प्रतिशत मूल्य बढ्यो ।

कुथेली बुकरी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत घट्यो । सुपर माइ हाइड्रोपावरको ५, सानिमा जीआईसीको ४.४, इमर्जिङ नेपालको ४.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, अरुण काबेली पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?