+
+

मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को मर्मस्पर्शी गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते २०:४२

काठमाडौं । नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।

पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।

गीतसँगै फिल्मको कथावाचन गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन् ।

‘सलार : पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?