+
+

कुमारी बैंकले घटायो कर्जाको प्रिमियम दर, अधिकतम ३.५ प्रतिशत कायम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १३:४२

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।
ऋणीको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय भएको बैंकले जनाएको छ ।

आगामी १ जनवरीदेखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?