+
+

कुमारी बैंकको नयाँ वर्ष अफर : आईफोन १५ जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १३:३७

काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकका लागि डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्देश्यका साथ एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो योजना सञ्चालन गरेको हो ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् ।

साथै यो अभियानको अवधि १ वैशाखदेखि ३१ वैशाखसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?