+
+

कुमारी बैंकको वार्षिकोत्सवमा १५४ जनाले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १८:१७

काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

रक्तदान कार्यक्रमले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले गरेको छ ।

यसका साथै परम्परा र सांस्कृतिक सम्पदा महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ प्रदर्शनी गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमले जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?