+
+

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १५:२९

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका-२ का लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई खातावाला परिवारको तर्फबाट सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो ।

नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?