
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा सबै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोग, फाइनान्सियल इन्फ्लुएन्सरको प्रभाव र एआई प्रवेशले सर्वसाधारण, विषेशगरी युवालाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखिएको बैंकको भनाइ छ ।
कार्यक्रम अन्तर्गत सहभागीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
यस अभियान मार्फत कुमारी बैंकले युवालाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।
कुमारी बैंकले देशभरि रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइ मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।
प्रतिक्रिया 4