News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकको अगुवाइमा मनाङमा ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता भएको छ।
- नार खोला हाइड्रो इनर्जीले नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ।
- आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको छ, जसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपूँजी ३ अर्ब २१ करोड रहेको छ।
१६ मंसिर, काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुनेगरी मनाङमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनजी का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरे ।
मनाङस्थित नार्पा भूमि र नासो गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाको प्रवर्द्धन कम्पनी नार खोला हाइड्रो इनर्जीले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता (पीपीए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुङ्गिएको हो ।
कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपूँजी ३ अर्ब २१ करोड रहेको छ, जसमध्ये सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4