News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० पछि लगातार दोस्रो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
- बैंकको सञ्चालक समितिले बुधबार साँझ बसेको बैठकमा लाभांश नदिने निर्णय गरेको र वार्षिक साधारणसभा मिति पछि तय हुने बताएको छ।
- बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १६.२९ र नेटवर्थ १४५ रुपैयाँ छ।
२७ कात्तिक, काठमाडौं । कुमारी बैंकले यो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ ।
बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । वार्षिक साधारणसभा र बुक क्लोजको मिति भने पछि तय हुने बैंकले जनाएको छ । गत वर्ष पनि कुमारी बैंकले सेयरधनीलाई कुनै लाभांश दिएको थिएन ।
आर्थिक वर्ष २०७९/८० मा १२.५० प्रतिशत नगद लाभांश पाएयता सेयरधनीको हात रित्तो रहँदै आएको छ । बैंकको हाल सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १६.२९ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता १८१.९० रुपैयाँ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4