+
+
Shares

कुमारी बैंकको निष्क्रिय कर्जा करिब ७ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकको निष्क्रिय कर्जा असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ, जुन गत वर्षको ४.९६ प्रतिशतभन्दा बढेको हो।
  • बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको १ अर्ब ७ करोड रुपैयाँभन्दा २ प्रतिशत कम हो।
  • बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ, जसको कारण साँवा तथा ब्याज असुली हुन नसक्नु हो।

२१ कात्तिक, काठमाडौं । कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो ।

बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।

वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ । बैंकको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।

खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ८० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता १८५.४० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?