News Summary
Generated by OK AI. Editorially reviewed.- कुमारी बैंक र बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडबीच ग्राहकलाई १३ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
- सम्झौतामा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरे।
- कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहीत बैंकिङ्ग इकाइ सञ्चालन गरिरहेको छ।
८ मंसिर, काठमाडौं । कुमारी बैंक र बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारका सेवामा विशेष छुट पाउने भएका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले केबुलकार टिकट, स्काई साइकलिङ र जिपलाइन टिकट तथा डाइभ इन रेष्ट्रोमा १३ प्रतिशत सम्मको छुट पाउने छन् । बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहीत बैंकिङ्ग इकाइ सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4