
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । जसअनुसार कुमारी बैंकका ग्राहकले उक्त क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।
सम्झौता अनुसार क्लिनिकले प्रदान गर्ने प्याथोलोजी टेस्टमा ग्राहकले १० प्रतिशत छुट पाउने छन् ।
यसैगरी एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत छुट पाउने छन् ।
फार्मेसी सेवामा भने ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4