+
+

मलेसियामा प्रबल र छिरिङको रजत पदक पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते २१:०४

२८ मंसिर, काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन् । प्रबल र छिरिङ फाइनल पुगेपछि नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरे । पुरुष ५७ केजीमा छिरिङले सिङगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेस्रो राउन्डमा आरएससीका आधारमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

त्यसअघि क्वार्टरफाइनलमा प्रबलले सिङगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नाशुटेशनलाई समान ५–० अंकको आधारमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए । नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र ब्यवस्थापक स्मृति विश्वास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?