+
+

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १६:४४

२९ मंसिर,काठमाडौं । प्रहरीले बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै भद्रकालीबाट माइतीघरमण्डलतर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् ।

माइतीघर लगायत स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् ।

प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याललगायत समातेको छ । छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?