+
+

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० माघ ७ गते १७:०७

७ माघ, काठमाडौं । माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिए । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।

लोकतन्त्रमा सार्वजनिक स्थलको सङ्कुचन गर्न नहुने मागसहित विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो । माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको भन्‍दै उनीहरुले प्लाकार्डमार्फत जनाएका थिए ।

स्वेच्छाचारीविरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने मागसहित विरोध गरेको नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले बताए  ।

माइतीघर खुला हुनुपर्ने मागसहित विरोधमा उत्रनेहरू महामन्त्री गगन थापा निकटका हुन् ।

थापा निकटका संघका नेताहरुले यसअघि विश्वविद्यालयको उपकुलपति खुला आवदेनबाट नियुक्त गर्न माग गर्दै विभिन्न कार्यक्रम गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?